88
मंसिर १६ उपनिर्वाचनको तयारी भईरहदा दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सरुवामा चलखेल देखिएको छ।गाउँपालिका अध्यक्षको उपनिर्वाचन हुने तयारी भईरहदाँ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्वर नराखेरै प्रमुख प्रशासकिय अधिकृतको सरुवा पत्र पठाएको हो।
चुनाव नजिकिदै गर्दा मन्त्रालयबाट सरुवा चलखेल हुन थालेको भन्दै गाउँपालिकाले हाजिर नगराउने पत्र पठाएसंगै विवाद सतहमा आएको छ।गाउँपालिकामा कार्यरक्त प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायलाई दैलेखकै भैरवी गाउँपालिकामा मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेको हस्ताक्षर भएको सरुवा पत्रमा विना चलानी नम्वर राखेर पठाईएको छ।