Friday, October 25, 2024
Home NEWS रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

by Lagani Yaman

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न बिहीबार अदालत लगिँदैछ।

अदालतले गत आइतबार दिएको समय आज सकिन लागेकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताए।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो। 

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्। 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft