Tuesday, October 22, 2024
Home NEWS रविसँगै यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

रविसँगै यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

by Lagani Yaman

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ। 

पूर्वगृहमन्त्री समेत रहेकधा लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो। 

न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो। यसअघि यही मुद्दाको दोस्रो चरणको अनुसन्धानमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft