Friday, October 18, 2024
Home EconomySHAREMARKET सेयर धितो कर्जामा कहिले मार्जिन कल गर्ने भन्ने ऋण दिँदै खुलाउनुपर्ने

सेयर धितो कर्जामा कहिले मार्जिन कल गर्ने भन्ने ऋण दिँदै खुलाउनुपर्ने

by laganisutra

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने भएको छ ।

सेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तै, सेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको हो । यसमा नीतिगत व्यवस्थामा कुनै परिमार्जन भएको छैन ।

तर, राष्ट्रबैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मार्जिन कल र सेयर बिक्री गरी कर्जा असुलउपर गर्ने व्यवस्था ऋणीलाई जानकारी हुनेगरी प्रोडक्ट पेपरमा नै खुलाउन निर्देशन दिएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft