Friday, October 18, 2024
Home Uncategorized महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

by laganisutra

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

बैंकले दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै उक्त मोवाइल एप्लिकेसनलाई परिष्कृत गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।

यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू पाउनेछन्:

– रियल टाइममा नै ८ लाख रुपैयाँसम्म मुद्दती धितो कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक नेपालको विकास बैंकहरूमध्ये नै पहिलो बैंक बनेको छ ।

– अनलाइ मार्फत नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा ।

– आफुले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा ।

– ग्रााहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा ।

– एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा ।

सो एपको सुरुवातसँगै ग्राामीण तथा अर्ध-सहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ l ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft