Sunday, October 6, 2024
Home NEWS चाडपर्वमा विपन्न बालबालिकालाई ऐना फाउन्डेसनको सहयोग 

चाडपर्वमा विपन्न बालबालिकालाई ऐना फाउन्डेसनको सहयोग 

by laganisutra

अछाम। चार्ड पर्व नजिकिँदै गर्दा ऐना फाउन्डेसनले कपडा बैँक नेपालको सहकार्यमा बालबालिकालाई कपडा वितरण गरेको छ । फाउन्डेसनले आफ्नो वार्षिक परियोजना ‘चुँडिएका कोपिलाका लागि चाँड र पर्व’अन्तर्गत ३३ बालबालिकालाई कपडा वितरण गरेको हो । 

आइतबार अछाम जिल्लास्थित रामारोशन गाउँपालिकाका उपाध्यक्ष श्री सिर्जना देवी बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विपन्न समुदायका बालबालिकाहरूको लागि फाउन्डेसनले कपडा वितरण गरेको हो । 

चाडपर्व नजिकिँदै गर्दा स्थानीय विपन्न बालबालिकाहरूको इच्छा पुरा गर्ने सानो प्रयासस्वरुप कपडा वितरण गरिएको ऐना फाउण्डेसनका  संस्थापक अध्यक्ष तिलक बहादुर बटालाले बताए । “चार्ड पर्वमा बालबालिकाहरूको सबै इच्छा त हामी पुरा गर्न सक्दैनौ तथापि उनीहरूलाई केही खुसी प्रत्याभूति बनाउने उद्देश्यले हामीले यो कार्य गरेका हौ,” अध्यक्ष बटालाले भने,”आफूले सिकेका काम र क्षमताहरू स्थानीय स्तरमा नै पुरा गर्ने उद्देश्य छ । त्यही अनुरूप सकेको केही काम गर्दै छु । आगामी दिनमा पनि यसरी सेवामा निरन्तरता दिने छु ।”

दसैँ विशेष कार्यक्रमकाबिच सम्पन्न कपडा वितरण कार्यक्रममा रामारोशन गाउँपालिकाका उपाध्यक्ष बुढा बटालाले गरेको कामप्रति सम्मान व्यक्त गरेकी थिइन् । बुढाले ऐना फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै बालबालिकाको क्षेत्रमा फाउन्डेसनसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । “ऐना फाउन्डेसनले हाम्रो स्थानीय तहमा गरेको यो कार्य प्रशंसनीय छ,” उपाध्यक्ष बुढाले भनिन्, “स्थानीय स्तरबाट बालबालिकाको क्षत्रमा ऐना फाउन्डेसनसँग सहकार्य गर्न आतुर छौँ ।”

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft