Saturday, October 5, 2024
Home EconomyNational धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

by laganisutra

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । यस अघि अन्तरवार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई बिहान ८ बजे डाकिएको थियो । तर छनौट समितिका संयोजक बिरामी परेर सिभिल अस्पतालमा भर्ना भएपछि अन्तरवार्ता पुन: रोकिएको हो ।

यस अघि अनुपस्थित भएका उम्मेदवारहरु डा. नबराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये शुक्रबार अन्तरवार्ताका लागि डा. अधिकारी र कार्की भने समयमै अर्थमन्त्रालय पुगेका थिए । छनौट समितिका संयोजक बिरामी भएको भन्दै अनुपस्थित भएपछि डा. अधिकारी र कार्की १०:३० बजे मन्त्रालयबाट बाहिरिएका छन् । यस अघि नै अन्तरवार्ता दिएका प्रतिष्पर्धी सन्तोष नारायण श्रेष्ठ पनि दलबलसहित मन्त्रालय पुगेका थिए ।

सिफारिस समितिका अनुसार अर्काे सूचना प्रकाशित नभएसम्मका लागि प्रक्रिया स्थगित गर्ने निर्णय भएको छ । ‘संयोजक बिरामी हुनुभयो, छनौट समितिका बाँकी सदस्यहरुले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि प्रक्रिया स्थगित गर्ने निर्णय गर्नु भएको छ ।’, अर्थ मन्त्रालय उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेलकै बिचमा कुरा नमिलेपछि बोर्डमा अध्यक्ष नियुक्ति सम्बन्धी अहिलेको प्रक्रिया थप अन्यौलमा धकेलिएको हो । प्रधानमन्त्रीले नयाँ प्रक्रियामा जाने विकल्प खोज्न निर्देशन दिएको तर अर्थमन्त्रीले अहिलेकै प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्ने अडान कसेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft