Saturday, October 5, 2024
Home NEWS प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ जारी

by laganisutra

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो।

उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

यसरी उजुरी गरेकामध्ये एक उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाएका थिए।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहार गरेको उजुरी दिएका थिए।

न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उनले उल्लेख गरेका छन्।

अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको मागबारे उनको धारणा मागेका छ

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft