Saturday, October 5, 2024
Home NEWS रिहा भए दुर्गा प्रसाईं

रिहा भए दुर्गा प्रसाईं

by laganisutra

काठमाडौं l मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन्। 

मंगलबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए।

प्रहरीको साइबर ब्युरोको उनलाई  असोज ६ गते भक्तपुरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

युट्युब च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ। अर्का एक जनाले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए। 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft