Saturday, October 5, 2024
Home NEWS मृतकका परिवारलाई बागमती प्रदेश सरकारले एक लाख दिने

मृतकका परिवारलाई बागमती प्रदेश सरकारले एक लाख दिने

by laganisutra

काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ ।

बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार यहाँ बसेको बैठकले प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा मृतकका परिवारलाई राहत प्रदान गर्ने गरी रकम निकासा गर्ने निर्णय गरेको हो । 

पत्रकार सम्मेलनमा राहत स्वरुप मृतकका परिवारलाई प्रति मृतक एक रुपियाँ प्रदान गरिने जानकारी गराइएको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विपत्बाट बढी क्षति भएको देखिएका १० जिल्लामा गरी दुई करोड ३० लाख रुपियाँ निकासा गर्ने जानकारी गराइएको थियो । 

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश र सङ्घीय राजधानी जोड्ने मार्ग तत्काल खोल्न सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विपत् प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन, राहत र उद्धारलाई तीव्र बनाइएको बताउनुभयो । 

उहाँले विपत्बाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३०, काठमाडौँ जिल्लालाई २०, सिन्धुपाल्चोक जिल्लालाई २० तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०/१० लाख रुपियाँका दरले राहत वितरण गर्न प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला विपत् व्यवस्थापन कोषमा रकम प्रदान गर्ने निर्णयभएको सुनाउनुभयो ।

साथै प्रदेशका १३ वटा जिल्लाका विपत् व्यवस्थापन कोषमा पाँच/पाँच लाखका दरले प्रदेश विपत् व्यवस्थापन कोषबाट कुल ६५ लाख रुपियाँ उपलब्ध गराइनेभएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft