Saturday, October 5, 2024
Home EconomyInternational भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल

भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल

by laganisutra

काठमाण्डौ । भारतको सेयर बजारमा आज भारी गिरावट आएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स १.४९ प्रतिशत अर्थात १२७२ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८४ हजार २९९ विन्दुमा सीमित बनेको छ ।  

यस्तै ५० वटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ३६८ अंकले ओरालो लाग्दै २५ हजार ८१० विन्दुमा झरेको छ । आज सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये २५ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आयो भने ५ वटाको मात्रै बढ्यो ।  

यस्तै निफ्टीका कारोबार भएका ५० कम्पनीमध्ये ४१ वटाको सेयरमूल्य घट्यो भने ९ वटाको मात्रै बढ्यो । आज भारतको सेयर बजारको अटो समूहमा सर्वाधिक गिरावट देखियो ।  

यसअघि भारतको सेयर बजा्रले २७ सेप्टेम्बरसम्म लगातार ८ दिन अल टाइम हाईको उचाई चुमेको थियो । त्यसदिन सेन्सेक्स ८५ हजार ९७८ र निफ्टी २६ हजार २७७ विन्दुमा पुगेको थियो ।  

इरान र इजरायका बीच युद्धको सम्भावनाले यतिेबला विश्व सेयर बजारमा नगेटिभ सेन्टिमेन्टको दबदबा रहेको छ । आज जापानको निक्कीमा पनि ४.८० प्रतिशतको उच्च गिरावट आएको छ ।  

आज हङकङको हाङसेङ इन्डेक्स भने २.४३ प्रतिशत र चीनको सांघाई कम्पोजिट इन्डेक्स ८.०६ प्रतिशतले बढ्यो ।

चीनको सेयर बजार आज ३ हजार। ३३६ विन्दुमा पुगेको छ ।  

चीनको केन्द्रीय बैंकले अर्थतन्त्रलाई उकास्न हालै मात्रै आरआरआर रेसियो ५० बेसिक प्वइन्टले र ७ दिने रिभर्स रेट २० बेसिक प्वइनटले कटौती गर्ने निर्णय गरेको थियो । यसका साथै चीनले आर्थिक पुनरुत्थानकहा लागि २८४.३ अर्ब डलरबराबरको सरकारी बोन्ड जारी गर्ने योजना समेत बनाएको छ ।  जसको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft