Saturday, September 28, 2024
Home NEWS ‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

by laganisutra

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले माओवादी आन्दोलनको नयाँ सिराबाट पुर्नगठन आवस्यक रहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्धघाटन सत्रमा शुभकामना मन्तव्य दिँदै संयोजक राईले माओवादी आन्दोलनको पुर्नगठन संसदमा ‘म्याउ’ गर्नको लागी नभएर सडकमा गर्जिनको लागी हुनुपर्ने बताए ।

उनले माओवादी आन्दोलनको नयाँ सिराबाट पुर्नगठन आवस्यक रहेको समेत बताए । पछिल्लो समय माओवादी आन्दोलन र दशबर्षे महान जनयुद्धलाई बिभिन्न पात्र र प्रवृत्तिहरुले जबर्जस्ती अपराधिकरण गर्न खोजेकोले बताउदैँ उनले सडकबाट त्यसको शसक्त प्रतिबाद गरिनुपर्ने बताए ।

राष्ट्रिय सम्मेलनमा शुभकामना दिने क्रममा विद्यार्थी नेता राईले विद्यार्थी आन्दोलन प्रति थुप्रै प्रश्नहरु रहेको र पछिल्लो समय विद्यार्थी आन्दोलनको प्रतिपक्ष चरित्र च्युतहुँदै गएको प्रति सचेत गराउदैँ राष्ट्रिय सम्मेलनले प्रतिपक्ष आन्दोलनको नेतृत्व सहितको जुझारु टिम निर्माणको लागी शुभकामना समेत व्यक्त गरेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft