222
काठमाडौं । आशा लघुवित्तले सेयरधनीलाई बोनस सेयर मात्रै लाभांशबापत दिने भएको छ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने भएको हो।
यस्तै कम्पनीले कर प्रयोजनका लागि ४८ लाख १२ हजार रुपैयाँबापतको ०.७५ प्रतिशत नगद लाभांश छुट्याएको छ।