Friday, September 20, 2024
Home NEWS सिजीले आउँदो वर्ष भारतीय बजारमा वाइवाइ चाउचाउको आइपिओ जारी गर्ने

सिजीले आउँदो वर्ष भारतीय बजारमा वाइवाइ चाउचाउको आइपिओ जारी गर्ने

by laganisutra

काठमाडौं । चौधरी समूहले भारतीय बजारमा सन् २०२५ मा लोकप्रिय वाइवाइ चाउचाउको प्रि आइपिओ (पूर्व प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। समूहका अध्यक्ष विनोद चौधरीले बुधबार ब्लुमबर्गको सिंगापुर स्टुडियोमा अन्तरवार्ताका क्रममा चाउचाउको आइपिओ जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।

अन्तरवार्ताकारको जिज्ञासामा चौधरीले सन् २०२५ मा प्रि आइपिओ र सन् २०२६ मा आइपिओ जारी गरिने बताए । उनले सन् २०२६ को पहिलो त्रैमासभित्र भारतीय शेयरबजारमा वाइवाइ चाउचाउको शेयर सूचीकरण हुनेमा आशा व्यक्त गरे ।

सर्वसाधारणका लागि शेयरमा लगानी खुल्ला गर्नु अघि निजी सामूहिक कोष, लगानी कोष लगायतका सीमित लगानीकर्तालाइ शेयर लगानीको अवसर खुल्ला गरिनु नै प्रि आइपिओ हो । यो माध्यमबाट शेयर बजारमा सूचीकृत हुनु अगावै सम्बन्धित कम्पनीले केही शेयर पूँजी जुटाइ सकेको हुन्छ। यस्तो शेयर सामान्यतया आइपिओ जारी गर्दाको भन्दा कम मूल्यमा जारी गरिन्छ।

विश्वव्यापी चाउचाउ ब्राण्डका रूपमा स्थापित वाइवाइ चाउचाउको भारतीय बजारमा आइपिओ जारी गर्ने घोषणा चौधरी समूहको सिजी कर्प ग्लोबलले सन् २०२१ को जनवरी देखि नै गरेको हो । जनवरी २०२१ मा द फर्च्युन म्याग्जिनमा प्रकाशित अन्तरवार्तामा समूहका अध्यक्ष चौधरीले प्राथमिक शेयर जारी गर्ने तयारी भइरहेको बताएका थिए । त्यसबखत सिजी कर्प ग्लोबलले थप केही वर्ष भारतीय बजारमा चाउचाउको बजार विस्तारपछि प्राथमिक शेयर निष्काशन गरिने योजना सार्वजनिक गरेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft