Friday, September 20, 2024
Home EconomyNational नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

by laganisutra

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि  कम्पनीले असोज ४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज असोज २ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा भाग लिन सक्नेछन् ।

नेपाल ल्यूब आयलले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण  गर्न लागेको हो। यस कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft