Friday, September 20, 2024
Home NEWS आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

by laganisutra

काठमाडौं । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आएकाे छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आएकाे हो ।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft