Thursday, September 19, 2024
Home Market लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

by laganisutra

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज २३ गते बुधबार नयाँ बानेश्वर स्थित अनमोल ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसै गरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गन, साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. को आ.व. २०७९/०८० को मिति २०७२।१२।०८ सम्मको लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा ल्ँच्क् प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. ०८००८१ को लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गन प्रस्ताव पारित गर्नेछ ।

सभाले त्यसै गरी विशेष प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,१८,४०,००,०००/– (अक्षरेपी चार अर्ब अठार करोड चालिस लाख मात्र) को १८. ३८११ प्रतिशतका दरले हुने रकम रु. ७६,९०,६५,२२४/– (अक्षरेपी छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र सानिमा लाईफ इन्स्योरेन्स लि. र रिलायन्स लाइफ इन्स्योरेन्स लि. एक आपसमा गाभिई एकिकृत कारोबार भएको मिति २०७९/ १२्र०९ देखि २०८१।०६।१० सम्म यस कम्पनीको शेयर नियमानुसार खरिद बिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभाशं कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीहरुको Demat खातामा बोनस शेयर दाखिला गर्ने l

प्रस्ताव नं १ मा प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरि रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस ) र चुक्ता पूँजी वृद्धि गरि रु. ४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस) पुरÞ्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०७९०८० मा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने

You may also like

1 comment

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft