Thursday, September 19, 2024
Home Politics ७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह

by laganisutra

काठमाडौं । अमेरिका भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल (एमसीए) खारेजको विषय राख्न सांसदले आग्रह गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी खारेज गर्ने विषयमा महासभामा आफ्नो विचार प्रष्ट राख्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका हुन् । संयुक्त राष्‍ट्र संघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली यही असोज ४ मा अमेरिका जाँदै छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सुवालले एमसीसी आएकै भरमा उसैको नीतिलाई मान्नुपर्ने कुरा देशका लागि स्वभनीय नभएको भन्दै उने भने, “पुष्पलाल र विपीका उत्तराधिकारी र अनुन्यायी घोषणा गर्नेहरुले सरकारले व्यापार गर्ने होइन् भन्दै सरकारी सम्पती व्यक्तिलाई पोस्दै छन् । एमसीसी आएकै भरमा हामीले उसैको नीतिलाई मान्नु पर्ने के यो देशका लागि स्वभनीय छ त ?

यता भारतीय कम्पनी जिएमआरले माथिल्लो जलविद्युत आयोजन आफूले लगानीको स्रोत जुटाउन नसकेको भन्दै अर्कैलाई बेचेछ । यसरी नेपालको जलस्रोत बेच्न पाउने उसले अधिकार कहाँबाट पायो । यती मात्र होइन, कैंयन बाह्य यस्ता लगानी नेपाल भित्रिदै छन् । त्यसकारण देशका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी छ ।”  सिवालले देशका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी रहेको उनको भनाई छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft