Thursday, September 19, 2024
Home Banking गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

by laganisutra

काठमाडौँ ।  गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते सोमबार सम्पन्न   बैंक सञ्चालक समितिको बैठकले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मी  बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।  चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो । रेग्मीले २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको
छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft