Monday, December 30, 2024
Home Uncategorized असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज ?

असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज ?

by laganisutra

काठमाडौं । सोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्।

भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरुले औसतमा ०.१३ प्रतिशतले ब्याज घटाएका हुन्। 

बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जायोग्य लगानी बढ्दै गएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजद घटाउन थालेका छन्।

भदौ महिनामै निक्षेपको दर घटाएका बैंकहरुले असोज महिनाका लागि पनि ब्याज घटाएका हुन्। जसमा ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी दुई वाणिज्य बैंकहरुले भने ब्याज बढाएका हुन्। 

यद्यपि घटेकै ब्याजदरमा पनि ४ बैंकले भने ७ प्रतिशतभन्दा माथिको ब्याज सर्वसाधारणलाई दिने भएका हुन्। एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले भने सर्वसाधारणलाई व्यक्तिगततर्फ निक्षेपमा ७ प्रतिशतमाथिको ब्याज दिने भएका छन्।यी बैंकहरुले भदौको तुलनामा असोजका लागि ब्याज बढाएका भने होइनन्। अन्य बैंकहरुसरह नै ब्याज घटाए पनि उनीहरुको ब्याज अन्य बैंकभन्दा बढी छ। त्यसो त भदौ महिनाको तुलनमा व्यक्तिगततर्फ बैंकहरुले औसतमा ०.१३ प्रतिशतले ब्याज घटाएका हुन्। जसमा एनएमबी बैंकले ०.९१ प्रतिशत, कुमारी बैंकले ०.४९ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत र सानिमा बैंकले ०.६ प्रतिशतले ब्याजदर घटाएका छन्। 

यस्तै नेपाल एसबीआई बैंकले ०.२५, नबिल बैंकले ०.२५, एनआइसी एसिया बैंकले ०.२३ प्रतिशत, एभरेस्ट बैंकले ०.१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.५ प्रतिशतले ब्याजदर घटाएका हुन्। 

योबाहेक कृषि विकास बैंक संस्थागततर्फ ०.०५ प्रतिशतले ब्याज बढाउँदा व्यक्तिगततर्फ भने ०.५ प्रतिशतले ब्याज घटाएको छ भने नेपाल बैंकले संस्थागत र व्यक्तिगत दुवैको ब्याज बढाएको छ। संस्थागततर्फ ०.७ प्रतिशत र व्यक्तिगततर्फ ०.९५ प्रतिशतले ब्याजदर बढाएको छ। 
बाँकी ९ वटा बैंकको ब्याजदरमा भने कुनै परिवर्तन भएको छैन ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft