Wednesday, September 18, 2024
Home Politics रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

by laganisutra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने उनले जानकारी दिए । त्यसैगरी, बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत हुने र प्रस्तावित नियमावली र कार्यविधिमाथि छलफल हुने उनले बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft