Wednesday, September 18, 2024
Home NEWS देशकै ध्यान खिच्ने शुभराम्भ बालसञ्जालको उदाहरणीय काम, स्थानीय देखि पर्यटक नै चर्कित

देशकै ध्यान खिच्ने शुभराम्भ बालसञ्जालको उदाहरणीय काम, स्थानीय देखि पर्यटक नै चर्कित

by laganisutra

काठमाडौं । २०८७ साल भित्र बालमैत्री देश बनाउने नेपाल सरकारको योजना रहेको छ । नेपाल सरकारको योजनलाई पछ्याउँदै सिन्धुलीको कमलामाई नगरपालिका पनि बालमैत्री नगर दौडमा लागि परेको छ । जसको सुरुवात कमलामाई नगरपालिकाको वडा नम्बर ६ ले सुरुवात गरेको छ । स्थानीय तहलाई बालमैत्री बनाउँने प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेका विद्यालय, विद्यालय स्तरका बाल क्लब, वडा र नगरस्तरमा गठन भएका बालसञ्जाल नै हो ।
पछिल्लो समय बालबालिका मोबाइल र इन्टरनेटमा केन्द्रित छन् । नेपालको शिक्षा प्रणाली व्यवहारिक कम र सैद्धान्तिक प्राणलीमा रुमालिदा बालबालिका व्यवहारिक शिक्षाबाट वञ्चित भइरहेका छन् । हाम्रो शिक्षा प्राणली सैद्धान्तिक भन्दा माथि उठ्न नसक्दा बालबालिकाहरू समाज र वर्तमान परिवेशसँग सहजै घुलमिल हुन सकेका छैनन् । बालबालिकाहरूलाई सिर्जनात्मक बनाउँन यतिबेला कमलामाई नगरपालिका ६ नम्बर वडाको वडास्तरीय शुभारम्भ बालसञ्जाल लागि परेको छ । जिल्ला, नगरपालिका वडा र विद्यालयमा बिभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागीता गराएर बालबालिकालाई व्यवहारिक शिक्षाको बारेमा शैक्षिक परामर्श दिइरहेको छ शुभारम्भ बालसञ्जाल ।

4ae8e25e 5e1b 4189 b953 cdbc328de655

शुभारम्भ बालसञ्जाल २०८० जेष्ठ १९ गते गठन भएको हो । गठन भएको छोटो समयमा बालसन्जालले सिन्धुलीमा उदाहरणीय काम गर्दै आइरहेको छ । फलस्वरूप अहिले बालबालिकाहरूलाई हेर्ने नजर बेग्लै भएको छ । बालबालिका भविष्यको कर्णधार हुन् भनेर जति नै भने पनि व्यवहारमा त्यस्तो देखिदैन् ।
सोही कुरालाई मनन गर्दै शुभारम्भ बाल सञ्जालले विभिन्न सम्बन्धित निकायहरूसँग समन्वय गरेर जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बालसञ्जाल गठन हुने बित्तिकै बालबालिकाहरूको समस्याको बारेमा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग अन्तरक्रिया गयौ । प्रमुख जिल्ला अधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि बालसञ्जालका अध्यक्ष दिवस कुमार थापाले बताएका छन् ।

dd710e0e ef3f 46f2 8aa5 5763b11b7529

यति मात्र होइन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग पनि समन्वय गरेर हप्ताको प्रत्येक शुक्रबार प्रहरी र विद्यार्थीहरूले नगरपालका भित्र रहेका विभिन्न क्षेत्रहरूमा सरसफाई कार्यक्रम आयोजना गर्ने गरिदै आएका छन । बालबालिकाहरूले फोहोर टिपेको र सरसफाई गरेको देखेर सुरुवाती दिनमा मानिसहरू पनि चकित बनेका थिए । यस्ता कामलाई स्याबास भन्दै स्थानीहरु पनि सघाउँने गरेका छन् ।
विद्यार्थीहरु खेलप्रति निकै चासो देखाउँछन् । खेल खेल्न चाहान्छन् । तर सोचे अनुरुपको अवसर पाएका थिएनन् । सोही गुनासोलाई केन्द्रमा राखेर बालसञ्जालका पदाधिकारीहरूले एउटा खेलकुद प्रतियोगिता गरे । ६ नम्बर वडा कार्यालयसँग समन्वय गरी बालसञ्जालले वडा स्तरीय अन्तरविद्यालय बालमैत्री फुटबल प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न विद्यालयहरूले सो खेलमा सहभागिता जनाए । खेल हेर्न आउने मानिसको जमात पनि उत्तिकै हुने गरेको थियो । आयोजक टिम बाल सञ्जालले सुरु गरेको बालमैत्रीपुर्ण भलिबल आयोजना थप लोकप्रियता बटल्यो ।

अहिलेको परिस्थितीलाई ध्यानमा राखेर वातावरण संरक्षण पनि अपरिहार्य भएको हुनाले विद्यार्थीहरूलाई सानै उमेरदेखि वातावरण संरक्षणप्रति सजग गराउनका लागि वातावरण संरक्षण सम्बन्धी तालिम तथा गोष्ठी गरेको छ । जसको सुरुवात विभिन्न समयमा विभिन्न क्षेत्रहरूमा जनप्रतिनिधि कर्मचारी प्रहरी स्थानीय लगायत सम्बन्धित निकायको समन्वयमा बृहत वृक्षरोपण कार्यक्रमहरू गदै आएको अध्यक्ष दिवस कुमार थापाले बताएका छन् । विपत व्यवस्थापन सम्बन्धी समेत बालबालिकाहरूलाई व्यावहारिक ज्ञान दिनको लागि सशस्त्र प्रहरी बल नेपाल आश्रित गोलमा सिन्धुलीसँग समन्वय गरी विभिन्न विद्यालयहरूमा आगलागी नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक डेमो सहित सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

8b9a0db0 7852 4c67 ac45 5744f23b299c

जिल्लाको सदरमुकाम समेत भएकोले बालश्रम र बालविवाहहरू अत्याधिक भएकोमा त्यसलाई न्यूनीकरण गर्नको लागि विभिन्न समयमा होटल ग्यारेज लगायत विभिन्न पसलहरूमा अनुगमन गरी बालश्रममा रहेका बालबालिकाहरूलाई उद्धार गरेको समेत उहाँको भनाइ छ। बालविवाह सम्बन्धी समेत विभिन्न समयमा विद्यालय स्तरमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । बालबालिकाहरूको अथक परिश्रम र कुशल नेतृत्वको फलस्वरूप आज कमला नगरपालिका वडा नम्बर ६ ले बालमैत्री घोषणाको लागि पार गर्नुपर्ने ५१ वटा सूचकहरू पूरा गरीसकेको छ ।

गठन भएको यति छोटो समयमा ५१ वटा सुचक पार गर्नु सामान्य विषय होइन । सानो उमेरमा नै वडास्तरी बाल क्लबको नेतृत्व गरेर यतिधेरै सफलता हात पार्र्नुमा दिवस कुमार थापाको सबैभन्दा ठुलो छ । वडा स्तरीय क्लबमा बसेर सिगंो देशको ध्यान खिच्ने काम अहिले थापाले गदै आएका छन् । दिवसको अर्थक मेहन र परिश्रमले आज सबै पदाधिकारी सबै बधाईका भागिदार हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft