175
एजेन्सी । साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन् । चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको बताए ।
चीन–साउदी अरब व्यापार धेरै उच्च स्तरमा पुगेको उल्लेख गरे । द्विपक्षीय व्यापार मात्रा गत वर्ष १ सय बिलियन अमेरिकी डलर नाघेको छ । यो वृद्धि यस वर्षको पहिलो ६ महिनामा पनि जारी छ । अहिले किंगडममा करिब ७५० चिनियाँ संयुक्त उद्यम वा कम्पनीहरू सञ्चालनमा रहेको उनले बताए । यो संख्या अझै बढिरहेको उनको भनाई छ ।