Wednesday, September 18, 2024
Home Business साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना संस्था हो : अध्यक्ष श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना संस्था हो : अध्यक्ष श्रेष्ठ

by laganisutra

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) का अध्यक्ष प्रदीप लाल श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना र सफल संस्था भएको बताएका छन् ।

आज बिहीबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो उद्देश्य अनुसार सेवा पुर्‍याउँदै आएको एसटीसी सफल र नमूना संस्था भएको बताएका हुन् ।

संस्थाले अघि सारेको अभियानमा सरकार र सम्बन्धित निकायहरू तथा सर्वसाधारणबाट समेत उल्लेख्य सहयोग सहयोग प्राप्त भइरहेको र संस्थाको सफलता नै आम उपभोक्ताको सफलता भएको उनले बताए । भविष्यमा थप सफल र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको नमूनाका रूपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती र समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्दै उपभोक्ताको मन जित्न सफल भएको छ ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft