Wednesday, September 18, 2024
Home Economy नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

by laganisutra

काठमाडौं । नेप्सेमा सुचिकृत विभिन्न कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट विभिन्न उपसमुहका ६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेहरुमा १ कमर्सियल बैंक, १ लघुवित्त कम्पनी र ४ जलबिद्युत कम्पनीहरु रहेका छन् ।

कुन कम्पनीको कति लाभांश ?

१) एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद (कर समेत) गरि १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छैन ।

२) गुराँस लघुवित्त

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छैन ।

३) भगवति हाइड्रोपावर

भगवति हाइड्रोपावर लिमिटेडको भदौ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले ४ प्रतिशत बोनश सेयर र १०.७३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज १६ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४) माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावर लिमिटेडको भदौ २० गते बेलुका ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४ सय ४० रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज १४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५) सुपर माई हाइड्रोपावर

सुपर माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १२.६३ लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छैन ।

६) अपी पावर

अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०।४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

उक्त लाभांश आगामी बार्षिक साधारण सभाले पारीत गरेपछी बितरण गरिनेछ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छैन ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft