Wednesday, September 18, 2024
Home NEWS विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न

विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न

by laganisutra

काठमाडौं । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराकासाथ विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बरका अवसरमा महाराजगंजस्थित नर्सिङ्ग क्याम्पसमा स्नातकोत्तर तह प्रथम वर्ष साइक्याट्रिक विधामा अध्ययनरत विद्यार्थीहरुले सन फम्र्यास्युटिकल्स नेपालको सहयोगमा एक सेमिनारको आयोजना गरी मनाएका हुन् ।

महाराजगञ्ज नर्सिङ्ग क्याम्पस साइक्याट्रिक नर्सिङ्ग विभागका प्रमुख तिलरुपा भट्टराइको अध्यक्षतामा र क्याम्पस प्रमुख प्राध्यापक मुना रानाको प्रमुख आतिथ्यतामा सेमिनार कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा टियुटिएचका साइक्याट्रिक विभागका प्रमुख प्रा.डा. सरोजप्रसाद ओझा, चिकित्सा मनोविद प्रा.डा. मिता राना र डा. सुरज शाक्य विषय विज्ञको रुपमा उपस्थित भएका थिए ।

विद्यार्थीहरुले आत्महत्यासम्बन्धी विभिन्न तथ्यहरुलाई अनुसन्धानबाट प्राप्त प्रमाणका साथमा पेस गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक मुना रानाले मानसिक स्वास्थ्य समस्या र आत्महत्यासँग सम्बन्धित समाजमा विद्यमान अन्धविश्वास र भ्रमलाई नचिरेसम्म आत्महत्याको संख्या घटाउन कठीन हुने बताउँदै कसैलाई मानसिक रुपमा अप्ठ्यारो परेको छ भने त्यसलाई सहज रुपमा लिन सक्नुपर्ने बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft