Tuesday, September 17, 2024
Home EconomyNational ‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

by laganisutra

काठमाडौं । सार्वजनिक स्थानमा हुने दुर्व्यवहार पीडितको संरक्षणबारे युवालाई ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले “युवा अभियान” र “एसियन एकेडेमी फ पिस रिसर्च एन्ड डेभेलोपमेन्ट”को सहकार्यमा “बिइङ अ बेटर बाइस्ट्यान्डर” विषयमा कार्यशाला सम्पन्न गरेको छ l

सहभागीलाई जिम्मेवार नागरिक बन्न, दुर्व्यवहारमा पिडितको संरक्षण गर्न र व्यावहारिक रणनीतिहरूका साथ सशक्त बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । सकेसम्म दुर्व्यवहार नगर्ने र हुन नदिने यदी भइहालेमा पीडिततको संरक्षण हुने गरि प्रस्तुत हुने उपायबारे जानकारी दिइएको थियो ।

1000039593

कार्यक्रममा प्रमुख वक्ता अजय यादवले सार्वजनिक स्थानमा हुने दुर्व्यवहार र त्यस समयमा पीडितको संरक्षणका लागि अपनाउन सक्ने उपायबारे चर्चा गरेका थिए । यसका साथै उनले प्रशिक्षण समेत दिएका थिए ।

सार्वजनिक दुर्व्यवहारबारे ज्ञान प्रदान गर्नु, सकारात्मक भिन्नता ल्याउन आत्मविश्वास प्राप्त गर्ने साथै सुरक्षित र थप समावेशी समुदायको सिर्जना गर्न योगदान गर्ने आयोजकको भनाइ छ ।

1000039599

शनिबार गैरसरकारी संस्था महासंघको कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा झण्डै ३० जना युवाहरुको उपस्थिती थियो । सहभागीहरुले कार्यक्रममार्फत दुर्व्यवहारमा परेका पीडितको संरक्षण गर्ने उपायबारे जानकारी लिन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले आफूले उक्त कार्यक्रममा सिकेका कुरा व्यवहारमा पनि लागू गर्ने बताएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft