Tuesday, September 17, 2024
Home Economy यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक

by laganisutra

काठमाडौं । विगतका वर्षमा जस्तो यो साल दशैंमा नयाँ नोट नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने भएको हो ।

केन्द्रीय बैंकले लामो समयदेखि दशैंको मौसममा नयाँ नोट वितरण गर्दै आएको थियो। यस्ता नयाँ नोटहरू कहिलेदेखि वितरण गर्न थालिएको हो भन्नेबारे केन्द्रीय बैंकसँग पनि कुनै आधिकारिक प्रमाण भेटिएको छैन। तर राष्ट्र बैंकका पुराना कर्मचारीहरूले केन्द्रीय बैंकको स्थापना गरेका तत्कालिन राजा महेन्द्रले यस्ता सुविधा दिन लगाएको बताउँछन्।

राजा महेन्द्रले नेपालमा हिन्दु धर्मको प्रबर्द्धनका निम्ति थुप्रै काम गरेका थिए। यसमा शक्तिको पूजा गर्ने पर्व दशैंलाई बढी महत्व दिइएको थियो। नेपाली सेना र राजशाह मात्र होइन, राणा कालमा पनि महाकालीको आरधनालाई बढी महत्व दिएको थियो।

यसरी दशैंलाई बढी महत्व दिने शिलसिलामै दशैंको बखत सबैभन्दा लामो सार्वजनिक विदा दिने र दशैंमा कर्मचारीलाई एक महिनाको तलब बराबर अतिरिक्त भत्ता दिने क्रम पनि सुरू गरियो। यस्तै एक इनिसियटिभको रूपमा दशैंमा नयाँ नोट सटहीको सुविधा दिईएको राष्ट्र बैंकका पुराना अधिकारीहरू बताउँछन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft