Tuesday, September 17, 2024
Home Economy नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

by laganisutra

काठमाडौं l एनएमबि बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको छ । यस बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यसमा ८.२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त सेयर जारी गर्नेछ । यसअघि नबिल बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको थियो । नबिलले उक्त प्रस्ताव पेश गर्ने भदौ १७ गते विशेष साधारण सभा बोलाएको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft