Tuesday, September 17, 2024
Home MarketIPO खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

by laganisutra

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो । 

भदौ ११ गते बसेको कम्पनीको सञ्चालनक समितिको बैठके कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ । 

गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने विषय पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको गठन, सञ्चालक समितिको खर्च तथा भक्ता सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्ने कार्यक्रम छ ।
 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft