Sunday, September 15, 2024
Home Business नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

by laganisutra

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ सार्वजनिक गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा ५९.७ प्रतिशत लगानी भएको छ।

प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी भएकाे छ। वैदेशिक लगानीमा संचालित उत्पादनमूलक कम्पनीले ६०.६९ प्रतिशत क्षमता उपयोग गरेको छ।

प्रतिवेदनअनुसार प्रत्यक्ष वैदेशिक लगानीमध्ये ४०.२ प्रतिशत सेवा क्षेत्रमा छ। सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा २६ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

आर्थिक वर्ष २०७९/८० सम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २९५ अर्ब ५० करोड पुगेको छ। कुल वैदेशिक लगानीमा चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत छ। सञ्चितिको अंश ३३.७ र कर्जाको अंश १३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft