Sunday, September 15, 2024
Home EconomyNational युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

by laganisutra

काठमाडौं । देशमा रोजगारी अवसर प्राप्त नहुँदा दैनिक विदेशीनेको संख्या वृद्धि भइरहेको छ । बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू वर्षेनी ठूलो संख्यामा पलायन भइरहेका छन ।

शिक्षा होस या रोजगारीको लागि विदेशी मोह सुख सुबिधा र अवसर देखे पछि हाम्रो जस्तो विकाशोन्मुख देशका सक्षम युवाहरु विदेशी भूमितिर आर्कषित छन् ।

गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ । जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन् ।

त्यसपछि क्रमशः साउदी अरेबिया ११ हजार ८०९, कतार ११ हजार ७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १ हजार ३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो ।

साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft