181
काठमाडौं l यतिबेला काठमाडौंको भृकुटीमण्डपमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे इन्धनले चल्नेदेखि विद्युत् चार्जले चल्ने ‘ईभी’ सवारीहरूले भरिएको छ । १६औं संस्करण स्वरूप भदौ ११ गतेदेखि अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सुरु गरेको ६ दिने ‘नाडा अटो सो २०२४’ ले भृकुटीमण्डपमा रौनकता थपेको छ ।
प्रदर्शनमा सार्वजनिक भएका नयाँ सवारीबारे बुझ्न र किन्न इच्छुक ग्राहकको भीड लागेको छ । नाडा अटो सोले स्किमसहित सहुलियत मूल्यमा रोजीरोजी सवारी खरिदको अवसर जुराएको छ ।