Sunday, September 15, 2024
Home Economy बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार निक्षेप संकलन मार्फत ४० अर्ब तरलता खिच्न लागेको हो । यसअघि भदौं २ गते १ खर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकल आज ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले भदौं दोस्रोपटक तरलता खिच्न लागेको हो । अघिल्लो महिना साउनमा केन्द्रीय २ खर्ब १० अर्ब रुपैयाँ तानेको थियो।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft