Sunday, September 15, 2024
Home Business गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ सम्मान

गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ सम्मान

by laganisutra

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ ।

भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक सम्मानित भएको हो । सो अवार्डका लागि नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धा गरेका थिए ।

गरिमा विकास बैंकका अनुसार यो अवार्ड कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ । सो अवार्डले गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट एवम् सुरक्षित रहेको पुष्टि भएको बैंकले जनाएको छ । कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको बैंकिङ परिदृश्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीका बारेमा आफ्नो धारणा राखेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft