Sunday, September 15, 2024
Home Market आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

by Lagani Yaman

काठमाडौँ l आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर खरीदका लागि पुनः सूचना जारी गरेको छ । 

कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य छन् । भदौ १६ गतेसम्म मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर बी माइनस रेटिङग प्रदान गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छैन । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft