Thursday, September 19, 2024
Home NEWS को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा दार्मा गाउँपालिका प्रथम

को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा दार्मा गाउँपालिका प्रथम

by laganisutra

काठमाडौं । सल्यान जिल्लाको दार्मा गाउँपालिका आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिसा) मा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा मुल्याङकन नतिजाको परीक्षण गरेर नतिजा सार्वजनिक गरिएको हो । बिहीबार सार्वजनिक भएको आ.व २०७९।८० को नतिजा अनुसार जिल्लाका १० पालिकामा दार्मा गाउँपालिका प्रथम भएको हो । उसले १०० मा ७९.०० अंक प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको कापुरकोट गाउँपालीकाले ७६.०० अङ्क प्राप्त गरेको छ । सारदा नगरपालिकाले ७१, बागचौर नगरपालीकाले ७०.२५, छत्रैश्वरी गाउँपालीकाले ६९ , त्रिवेणी गाउँपालीकाले ६५.७५ बनगाड कुपीण्डे नगरपालीकाले ६४ , कुमाख मालीका गाउँपालीकाले ५९.५० र सबैभन्दा कम कालीमाटि र सिद्दकुमाख गाउँपालिकाले समान ५०।२५ अङ्क प्राप्त गरेक छन,। विभिन्न १० वटा सूचकका आधारमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन हुने गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft