Sunday, September 15, 2024
Home Economy सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

by laganisutra

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई दिगो ढंगले अघि बढेको देख्न  चाहेको बताएका छन् ।  आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । 

उनले पछिल्ला दिनहरूमा सेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए। 

पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्ने जिकिर गरे । उनले सरकारले लिएका नीतिहरूका कारण सेयर बजार उत्साहित रहेको बताए । सरकारले दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहेको उनको भनाई छ। 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft