Wednesday, September 18, 2024
Home Economy एक महिनामा ८ अर्ब ५५ करोडबढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

एक महिनामा ८ अर्ब ५५ करोडबढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागकाअनुसार यो महिना ‘अटोमेटिक रुट’ बाट ५ अर्ब ९७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ५९ उद्योग दर्ता भएको देखिएको छ ।

अटोमेटिक रुटबाट ३१ उद्योग दर्ता भएको देखिएको छ । साउनसम्मको तथ्यांक अनुसार ५ खर्ब २० अर्ब रुपैयाँ बराबर एफडीआई नेपाल भित्रिएको छ ।

साउनमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ५७ साना उद्योग छन् । त्यस्तै सेवा क्षेत्र १२, उत्पादन ३, सूचना–प्रविधि २ र कृषिमा २ उद्योग दर्ता भएको देखिएको छ । साउनमा ४९ करोड ९४ लाख रुपैयाँ बराबर रोयल्टी विदेशी लगानीकर्ताले लगेको देखिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft