Tuesday, September 17, 2024
Home Business के तपाईलाई अर्गानिक केक चाहिएको छ ? अब सबै फ्लेभरका केक एकै ठाउँमा, द केक नेपाल

के तपाईलाई अर्गानिक केक चाहिएको छ ? अब सबै फ्लेभरका केक एकै ठाउँमा, द केक नेपाल

by laganisutra

काठमाडौं । कुनै बेला थियो जन्मदिनलाई विशेष बनाउन केक नै काट्नु पथ्यौ । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सव र समारोह मनाउँदा केक नभई नहुने बस्तु बनेको छ । केक नकाटी उत्सव मनाउँदा उत्सव नै खल्लो हन्छ । उपत्यकाबासीहरुको हरेक उत्सवहरुमा चाहेजस्तै र भनेकै ठाँउमा केक डेलिभरी गर्ने काम अब द केक नेपालले गर्ने भएको छ । द केक नेपालको केन्द्रिय कार्यालय बालुवाटार रसियन एमबेसीको अपोजिट ५ सय मिटर अगाडी छ । नेपालमा केकको संस्कार बढेसँगै व्यापार पनि बढ्दै गएको छ । केक किन्न आजभोलि पहिले जस्तो पसल पसल चहारिरहनु पर्दैन । एक कल फोन वा एसमेसको भरमा तपाईले भनेकै ठाउँमा तपाईले चाहे जस्तै डिजाइन र स्वादको केक बनाउँने घरमा ल्याउँने जिम्मा अब द केक नेपाल दिनुहोस् ।

IMG 9736


व्यस्त जीवनशैलीको बाबजुत पनि उत्सव मनाउँने रहर सबैलाई हुन्छ । तर बिडम्बना समय कम हुन्छ । उत्सवलाई झन महाउत्सव बनाउँन चाहेजस्तो मूल्य अनि साइज र स्वादिलो केक आवश्यक पर्छ । तर तपाईहरु अब केकको चिन्ता नलिनुहोस् । हरेक उत्सवको सारथी अब द केक नेपाल भन्ने भएको छ । त्यसको उत्तम बिधि भनेको अनलाइन अर्डर हो । अनलाइन व्यावसायको विकास भएसंगै हरेक सामान खरिद गर्न सहज भएको छ । चाहेकै ठाउँमा भनेकै समयमा एकमात्र भरपर्दा र विश्वासिलो भनेकै द केक नेपाल हो ।

3


अर्डर दिने ग्राहकले आफ्नो केक कति बन्यो ? बनेर फ्रिजमा राखिएको सूचना, होम डेलिभरी लागि हिँडेको विविध जानकारी सबै अनलाइनबाट पनि गराइन्छ । केक होम डेलिभरी सर्भिसका लागि ग्राहकले भनेकै समयमा पु¥याउँनु नै सफलता हो । डिजिटल समय भएकोले पनि अधिकांश अर्डर अनलाइन मार्फत आउँने गरेका छन् । सामाजिक सञ्जाल युटुव, फेसबुक र इन्टाग्रामबाट अत्यधिक रुपमा अर्डर आउँने गरेको छ । द केक नेपालको राम्रो पक्ष भनेको अर्डर लिइसकेपछि मात्र केक बनाउँने काम सुरु हुन्छ । त्यहि भएर पनि ताजा र स्वादिलो केक खाएर उत्सवलाई अविस्मरणीय बनाउँन एक पटक अवश्य पनि द केक नेपालाई सम्झनुहोस् ।
किनकी कि तपाईको एक कलमा घरमै केक आउँछ । यदि तपाईहरु बालुवाटार नजिकै आसपासमा हुनुहुन्छ भने सिधै उत्पादन हुने फ्याक्ट्रीमा पुगेर केक लिन सक्नु हुने छ । त्यसको लागि तपाईलाई हामी झन सहजै बनाउँदै छौं । बालुवाटारमा रहेका रसियन एमबेसिको अपोजिटबाट यो भित्र छिर्ने गल्ली छ । अब यहाँबाट द केक नेपालको फ्याक्ट्रीमा पुग्न मात्र ५ सय मिटर अगाडी जानुपर्छ । रसियन एमबेसीबाट अघि बढेपछि ठाउँ ठाउँमा बिजुलीको पोल र भित्तामा समेत तपाईहरुको सहजताको लागि द केक नेपालको बोर्ड टासिएको छ । रसियन एमबिसिबाट ५,६ मिनेट अघि बढेपछि तेमाल सैलुङ यु सि मि चोकमा आइपग्छ । यहाँ पनि द केक नेपालको बोर्ड टासिएको छ । अब यहाँबाट हामी सिधै द केक नेपालको फ्याक्ट्रीमा पुगिन्छ ।
एक पटक आएका ग्राहकलाई फेरी अर्को पटक आउँने बनाउनको लागि द केक नेपालका अध्यक्ष दिनरात नभनी क्वान्टिटी भन्दा पनि क्वालिटी बढाउँनमा खटिएका छन् । द केक नेपालले नेपालमा चल्दै आएको ट्रेन्डभन्दा फरक ढङ्गबाट आफूलाई अगाडि बढाउँदै लगेकोे छ । क्वान्टिटी अफ प्रोडक्सन भन्दा पनि क्वालिटी अफ प्रोडक्सनमा कम्पनी केन्द्रित रहेको देखिन्छ । ए लेभलको उत्कृष्ट कच्चा पदार्थको प्रयोग गरेर विभिन्न कलर तथा फ्लेभरका गुणस्तर चिन्ह प्राप्त कच्चा पदार्थ नै प्रयोगमा ल्याएको छन् ।

केक संस्कारबाट सिर्जित खुशीले दिने आत्मीयता पारिवारिक तथा सामाजिक मेलमिलापलाई द केक नेपालले अझै निखार्दै जाने छ । अनलाइनमार्फत सामान खरिद गर्दा बारम्बार फोन गरिरहनुपर्ने बाध्यताले आम उपभोक्तालाई हैरानी भएको छ । तर द केक नेपाल सजिलो विकल्प बनेको छ । झन्झटिलो डेलिभरी सिस्टमबाट छुटकारा दिन अर्डर आएपछि मात्रै ग्राहकको इच्छाअनुसारको केक तयार पारी ताजा र स्वादिलो केक अर्डर गरेको स्थानमा छिटो छरितो र उचित मुल्यमा ग्राहक समक्ष पु¥याउँदै आएको छ । समयमा नै भने जस्तै ताजा र स्वादिलो केक भएपछि पारिवारिक सम्बन्ध समधुर नहुने त कुरै भएन् । द केक नेपाल नै किन रोज्ने त ? भन्ने आम ग्राहकको प्रश्न हुनसक्छ । त्यसैले पनि क्वालिटी बेसमा कम्पनीलाई अगाडि बढाएको द केक नेपालका सञ्चालक लाल बहादुर क्षेत्री बताउँछन् ।
आफ्नै फ्याक्ट्रीबाट ग्राहकको चाहनाअनुसारको केक तयार पारी ग्राहकले चाहेको स्थानसम्म पुर्याउँदा केकको डिजाइन र गुणस्तरमा कति पनि कमी आउन दिएका छैनन् । अर्डर गरेको केकमा केही खराबी आइहालेमा पनि तुरुन्तै रिप्लेस गरिदिने सुविधा समेत छ ।

2

क्वालिटीकै कारण छोटो समयमा काठमाडौँमा रहेका बिभिन्न होटल, रेस्टुरेन्ट, लाउन्ज, ब्याङ्केट तथा विभिन्न सभा समारोह, बैठक, गोष्ठी, सेमिनारमा समेत पहिलो रोजाइमा पर्न थालेको छ । ग्राहक सन्तुष्टी नै आफ्नो सफलता मानेका उनी ग्राहकले द केक नेपाललाई फेरि फेरि सम्झने गरेका छन् । सुरुवाती चरणबाटै उत्कृष्ट सेवा दिँदै गए मात्र लामो समय टिकिने र ग्राहक रोजाईमा पर्ने भएकोले पनि क्वालिटीमा विशेष रुपमा ध्यान दिदै अघि बढाइरहेका छन्् । साथै तपाई फ्याक्ट्री भिजिट गरेर वा अनलाइनबाटै अर्डर गनुहुन्छ भने पनि विशेष छुटको समेत ब्यवस्था गरिएको छ ।
घरायसी पक्वान वा दहीलाई सगुनका रूपमा हेर्नी हाम्रो समाजले आजभोलि केकलाई सगुनको रूपमा उपयोग गर्न थालेको छ । जन्मदिन होस वा विवाह उत्सव, परीक्षामा पास, कसैलाई बिदाइ गर्दा वा स्वागत गर्दा, आमा बाबुको मुख हेर्ने दिनदेखि नयाँ कामको सुरुवात गर्दा पनि केक काटेर मनाउने चलन बढ्दै गइरहेको छ । यस्तै संस्कारको विकाससँगै विकास भएको द केक नेपालले हरेक उत्सवलाई मध्यजनर गरेर विभिन्न डिजाइन र स्वादका केक उत्पादन गर्दै आएको छ । ग्राहकको रोजाइ अनुसारको केक बन्ने र अनलाइबाटै खरिद गर्न पनि सकिने भएकाले साना साना खुसीका पलदेखि ठूला ठूला उत्सव मनाउन छोटो समयमा द केक नेपाल धेरैको रोजाइमा परेको छ ।
युवा उद्यमीको नयाँ सोेच
स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उच्च मनोवलका साथ युवा व्यवसायी लाल बहादुर क्षेत्रीले काठमाडौंको बालुवाटारमा आधुनिक खालको बेकरी उद्योग सञ्चालनमा ल्याएका छन् । केक तथा बेकरी व्यवसायलाई सर्वसुलभ तथा व्यवस्थित गर्न र बजारमा स्थापित गर्न द केक नेपालले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत केक तथा बेकरीका परिकार बिक्री गर्दै आइरहेको छ । झण्डै महिना दिन अघि सुरु भएको केक शपले देशमा बेकरीका क्षेत्रमा राम्रो प्रभाव पार्न सक्ने तयारीमा लागेको छ ।
प्रविधिको प्रयोग तथा जनमानसमा अनलाइन व्यापरको ज्ञान र प्रयोग बढ्दै गएकाले केक तथा बेकरीका परिकार पनि अनलाइनमार्फत घर तथा संस्थामै पु¥याउन थालिएको छ । केक तथा बेकरीका शुद्ध र स्वस्थकर परिकार उपभोक्ताले चाहेको समयमा खासगरी उपत्यकाका तीनै सहरमा सहजै उपलब्ध गराउँने भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft