Friday, September 20, 2024
Home Economy आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने

आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने

by laganisutra

काठमाण्डौ । आगामी साता सेयर बजारमा ३ दिन मात्रै कारोबार हुने भएको छ । आगामी साता २ दिन सर्वाजनिक बिदा परेकाले सेयर बजार ३ दिन मात्रै खुल्ने भएको हो ।  

सोमबार जनै पूर्णिमा र मंगलबार गाईजात्रा(काठमाण्डौ उपत्यका मात्रै)को सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा आगामी साता भने बाँकी ३ दिन मात्रै कारोबार हुनेछ ।  

पछिल्लो समय नेपाली सेयर बजार निरन्तर उकालो लागिरहेको छ । अहिले नेप्से ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । गत बिहिबारको कारोबारमा नेप्से परिसूचकले ३ हजार विन्दुको आँकडा पार गरेको थियो । सो दिन कारोबार रकमले पनि नयाँ रेकर्ड कायम रोखेको थियो ।    

आगामी बजारले अहिलेसम्मको वृद्धिलाई कसरी आत्मसाथ गर्दै अघि बढ्छ र लगानीकर्ताको बजारप्रतिको सेन्टिमेन्ट कस्तो हुनेछ भन्ने विषय भने हेर्न लायक हुनेछ । यतिबेला लगानीकर्ता नेप्से परिसूचकले यसअघिको अट टाइम हाईको ब्रेक गर्नेमा विश्वस्त देखिएका छन् । तर यसका लागि कति समय पर्खनु पर्ने हो त्यो आगामी बजारको प्रदर्शनले तय गर्नेछ ।   

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft