Tuesday, September 17, 2024
Home Economy ४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 

by laganisutra

काठमाडौं l नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो ।

नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ । प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको शेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

आज प्रतिशतको आधामा सबैभन्दा बढी वाणिज्य बैंकिङ समूह बढेको छ । वाणिज्य बैंक ५.६५ प्रतिशतले बढेर १६८४.९३ विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स ३.०५ प्रतिशतले घटेर ३८४८.७१ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा उछाल आउँदा ६ करोड ८९ लाख ८० हजार ३४६ लाख कित्ता शेयर किनबेच भएको छ । आज १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार ३३४ वटा कम्पनीको शेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच भएको छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ५ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft