Friday, September 20, 2024
Home Economy सानिमा जीआइसीको नाफासँगै खुद बिमा शुल्क आम्दानी पनि बढ्यो

सानिमा जीआइसीको नाफासँगै खुद बिमा शुल्क आम्दानी पनि बढ्यो

by laganisutra

काठमाडौं ।  सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९२ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी ३६.५२ प्रतिशतले बढेर ७५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ छ । त्यस्तै, प्रतिशेयर आम्दानी बढेर १६.५४ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft