Saturday, September 21, 2024
Home Business नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा ५२ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा ५२ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

by laganisutra

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सन्तोषजनक रहेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १७ करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको बीमा कोषको आकार २२.५५ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७५ लाख रुपैयाँ पुगको छ । अघिल्लो आवका भने कम्पनीको बीमा कोष १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft