Thursday, September 19, 2024
Home Economy दोहोरो अंकले बढ्यो सेयर बजार, २३ अर्ब ४३ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, २३ अर्ब ४३ करोडको कारोबार

by laganisutra

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा बन्द भएको हो ।

आज १५६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । यो दिन ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।

आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजारको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभत फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

हिमालयन रि रिइन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएकाे छ ।

आज  उच्च किनबेच गर्ने  कम्पनीहरु यस्ता छन् 

हिमालयन रिइन्स्योरेन्स ८६ करोड ५८ लाख रुपैयाँ, शिवम सिमेन्ट ८४ करोड २९ लाख रुपैयाँ, अपी पावर ७५ करोड ५९ लाख रुपैयाँ,नेपाल फाइनान्स ६१ करोड ६४ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर ५८ करोड ३२ लाख रुपैयाँ,निफ्रा ४७ करोड ९६ लाख रुपैयाँ,अपार तामाकोशी ४६ करोड ९९ लाख रुपैयाँ,एचआईडीसीएल ४३ करोड २८ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर ४० करोड २० लाख रुपैयाँ,अरुण काबेली पावर ३९ करोड ६३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft