Thursday, September 19, 2024
Home Business छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

by Lagani Yaman

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत वर्षमा संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ५.७५ प्रतिशतको गिरावट आएको छ।

यो वर्ष संस्थाको सञ्चालन मुनाफा घटेर १ अर्ब ४० करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ५४ करोड १८ लाख रुपैयाँमा सीमित थियो।

गत वर्षमा संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी २ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ थियो।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता ५७.६४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १ अर्ब ४५ १ लाख रुपैयाँ वितरणयोग्य मुनाफा थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल १.७२ प्रतिशत थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft