Friday, September 20, 2024
Home Economy सुर्यज्योति लाईफको नाफामा २५० प्रतिशतको छलाङ्ग, ईपिएस कति ?

सुर्यज्योति लाईफको नाफामा २५० प्रतिशतको छलाङ्ग, ईपिएस कति ?

by laganisutra

काठमाडौं । सुर्यज्योति लाईफ इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले ४९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४९.९५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २८.९२ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा समेत बढेर १२ अर्ब ६६ करोड रुपैयाँ पुगको छ ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर ८ रुपैयाँ ७२ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft