Tuesday, September 17, 2024
Home NEWS रिलायन्स स्पिनिङ मिल्सको बाहिरियो ठगी धन्दा, आईपिओको नाममा करोडौं असुल्दै

रिलायन्स स्पिनिङ मिल्सको बाहिरियो ठगी धन्दा, आईपिओको नाममा करोडौं असुल्दै

by laganisutra

काठमाडौं । यतिबेला नेपाली बजारमा रिलायन्स स्पिनिङ मिल्सको चर्चा आकाशिएको छ । बजारमा धब्बा लागेको रिलायन्स स्पिनिङ मिल्स आईपीओ जारी गर्ने घोषण गरे देखि नै चर्चामा आएको रिलायन्सको भित्री धन्दा सार्वजानिक भएपछि बिभिन्न निकायमा उजुरी पयौ । नेपालमा कहिले हप्ता कहिले महिना दिनमा एउटा न एउटा कम्पनीले आईपिओ जारी गरेका हुन्छन् । तर अहिलेसम्मकै सबैभन्दा महँगो आईपीओ जारी गर्नेमा यहि कम्पनी पर्छ । नेपाली बजारमा यो भन्दा निकै ठुला र नाफामा गएका कम्पनी छन् । तर ति कम्पनीहरुले नेपाली बजार र जनताको अवस्थालाई मध्यनजर गरेर आईपिओ जारी गरेको देखिन्छ । कमाउँन र जनताको पैसा कुम्ल्याउँनकै लागि यस्तो बाटो रोजेको यो कम्पनीले कानुनलाई पनि चुनौती दिएको छ ।

reliance spining 1024x616 1

सञ्चालनमा आएको झण्डै तीन दशकपछि सर्वसाधारणको बिचमा जान लागेको कम्पनीको खास विवाद प्रिमियम सेयर मुल्यको हो । कम्पनीले प्रिमियम सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकेको छ । कम्पनीको वित्तीय अवसथा भने निकै नाजुक छ । कम्पनी सञ्चालनमा आएको ३० वर्ष भयो । तर पछिल्लो तीन वर्षको आर्थिक आयब्य हेर्दा कम्पनी निरन्तर ओरालो गतिमा लागेको प्रष्ट हुन्छ । आर्थिक वर्ष २०७७र७८ मा ८९ करोड ५० लाख रुपैयाँ नाफा कमायो । आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब ४ करोड रुपैयाँ । आर्थिक वर्ष २०७९र८० मा १ अर्ब २ करोड नाफा कमाएको देखिन्छ । तीन आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस क्रमशः ५३.९१ रुपैयाँ, ६१.१२ रुपैयाँ र ५४.१२ रुपैयाँ छ ।
चालु आर्थिक वर्षको ९ महिनाको समेत वित्तीय रिपोर्ट सार्वजनिक गरिसकेको कम्पनीले समीक्षा अवधिमा जम्मा २ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । प्रतिसेयर आम्दानीका हिसाबले यो जम्मा ०.९३ रुपैयाँ बराबर हो । तर पनि कम्पनीले अङ्कित मूल्यमा ७२० रुपैयाँ ८० पैसा थपेर प्रिमियम मूल्यमा सेयर जारी गरेपछि यो कम्पनी भित्रि मक्सद बाहिरिएको हो ।

reliance spening 1

कम्पनी निरन्तर घाटामा जान थालेपछि सर्वसाधारण जनतालाई आईपिओको ललिपपमा भुलाउँन खोजेको प्रष्ट छ । तर यो विषय कम्पनीका कसैले स्विकारदैनन् । उनीहरु त जनतालाई कगांल बनाएर आफु मोटाउँने दाउँमा लागेका छन् । जनता कगांल बनाउँने योजनाको मुख्य नाइके हुन रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवन कुमार गोल्यान । उनी मारबाडी मुलका नागारिक हुन् । तर उद्योग कलकारखानामा उनकै दबदबा चलिरहेको छ । निति नियम र कानुनलाई समेत चुनौती दिएर मनलाग्दी गर्ने बानी परेका गोल्यान तिनै पात्र हुन जसले नेपाल बिद्युत प्राधिकरणलाई बिजुलीको करोडौ बक्यौता झ्वाम पार्न खोजेको आरोप लागिरहेको छ ।

spinning mills GzW4BdbwKM

विवादको चौघेरामा रुमालिएका उद्योगी पवनकुमार गोल्यान अध्यक्ष रहेको यस कम्पनीमा उनको २१ दशमलव ९५ प्रतिशत सेयर छ । त्यस्तै, शशीकान्त अग्रवालको ४४ दशमलव ९३ प्रतिशत र अक्षय गोल्यानको २२ दशमलव ९८ प्रतिशत सेयर रहेको छ ।धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेको अवस्थामा कार्यवाहक अध्यक्ष रहेका अर्थ मन्त्रालयका कर्मचारी नरेन्द्रकुमार रानाले स्वीकृतिको निर्णय गरेका थिए । धितोपत्र बोर्डले स्वीकृति दिँदा कम्पनीले पेस गरेको तथ्य जाँच नगरी हचुवाको भरमा निर्णय गरेको आरोपसमेत लागेको छ ।
कम्पनीको स्वामित्वमा रहेको जग्गा र भवन ३ अर्ब २४ करोड ९२ लाख रुपियाँभन्दा बढीको पुनर्मूल्यांकन गरी कम्पनीको नेटवर्थ करिब १९० रुपियाँले बढाएर कम्पनीको कटअफ प्राइज बढाइएको छ । पुनर्मूल्यांकनबाट आएको रिजर्भले कुनै नगद प्रवाह नगर्ने, व्यावसायिक प्रयोगमा पनि ल्याउन नसकिने भएकाले लगानीकर्ताबाट बढी रकम असुल्न चलखेल भएको स्पष्ट छ ।

उच्चतम आत्मविश्वासका साथ औद्योगिक इमानदारिता कायम राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार गुणस्तरीय धागो उत्पादन र निर्यातलाई जोड दिने प्रतिबद्धता जनाएता पनि आर्थिक मन्दी, लोडसेडिङ विविध कारणले गर्दा थलिएको कम्पनी आईपिओबाट उकास्ने सपना देखेका गोल्यानको सपना पुरा हुन्छ या हुदैन ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft