Tuesday, September 17, 2024
Home Market साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

by laganisutra

काठमाडौँ । यो साता तीव्र उतारचढावका बाबजुद पनि सेयर बजार परिसूचक नेप्सेमा जम्मा १० अङ्कको मात्र वृद्धि भएको छ । अधिकतम १४५ अङ्क माथिले बजार घट्ने र फेरि १०८ अङ्कले बढ्ने गतिविधि यही साता भएको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् साउन १७ गते ५.२९ अङ्कले घट्दै नेप्से सूचक २७५५.६२ विन्दुमा अड्एिकोमा यस साताका लागि एकैपटक चार दिनपछि साउन २१ गते खुलेको बजारमा ४० अङ्कले नेप्से बढेको थियो ।

दोस्रो दिन १४५ अङ्क माथिले सूचक घट्दै २६५१ मा ओर्लिएकोमा पुनः तेस्रो दिन १०८ अङ्कले बढ्दै २७५९.६७ विन्दुमा उक्लियो ।  साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक ६.७० अङ्कले बढ्दै २७६६.३८ अङ्कमा उक्लिएको छ ।

तीव्र उतारचढावका बाबजुद पनि यो साता नेप्से सूचकमा जम्मा १०.७६ अङ्कको मात्र वृद्धि हुन पुगेको हो ।  तर, सडकदेखि सदनसम्म, अर्थ समितिमा समेत सेयर बजारकै विषयमा बहस चुलिएकोमा यो साता कारोबार भने ८२ अर्ब ७१ करोडमाथि हुन पुगेको छ । 

साउन २२ गते मङ्गलवार १४५ अङ्क माथिले नेप्से सूचक घट्दै गर्दा हालसम्मकै उच्च २३ अर्ब ५० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिनसम्ममा आइपुग्दा कूल ८२ अर्ब ७१ करोड ३१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

बजार पुँजीकरण १८ अर्ब ७२ करोडले बढ्यो

समीक्षा अवधिमा यता मार्केट क्यापिटलाइजेसन अर्थात् बजार पुँजीकरण १८ अर्ब ७२ करोड २३ लाख रुपैयाँले बढ्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन साउन १७ गते ४३ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको सेयर बजार पुँजीकरण यो साता बढेर ४३ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft