Tuesday, September 17, 2024
Home NEWS एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह

by laganisutra

काठमाडौं l अघिल्लो दिन करिब डेढ सय अंकको करेक्सन आएको बजार बुधबार पुनः सकारात्मक बाटोमै फर्किएको छ । नेप्से सूचकमा फराकिलो अंकको वृद्धि भएको छ । यस दिन नेप्से सूचक १०८.३५ विन्दुले बढेर २७५९.६७ अंकमा आएको छ । १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेका छन् । 

आम लगानीकर्तामा व्यापक उत्साह देखिएको छ । ब्रोकरहरुका अनुसार नयाँ लगानीकर्ता थपिएका छन् । पुरानाले पनि क्षमताले भ्याएजति कारोबार गरिरहेका छन् । अहिले बैंक–वित्तीय संस्थाले सस्तो ब्याजदरमा सेयर कर्जा दिइरहेका छन् । यसकारण पनि धरैको सेयर क्रय क्षमता बढेको देखिन्छ । ब्याजदर सस्तो हुँदा कर्जा लिएर सेयर किन्नेहरु पनि बढेको अनुमान गरिएको छ । 

यस्तै, सूचीकृत कम्पनीहरुको समग्रमा नाफा बढेको रिपोर्ट सार्वजनिक भएको छ । यसले पनि लगानीकर्ताको मनोबल थप बढाउन सहयोग गरेको छ । अधिकांशको वित्तीय विवरण सार्वजनिक भइसकेकाले अब सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गर्न थाल्नेछन् । लाभांशको सिजन नजिकिएकाले पनि बजारमा थप उत्साह देखिएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft